एजेन्सी, ३ असोज । भारतले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ ।
भारतीय मन्त्रीपरिषद्को बुधबार बैठकले भारतभर विद्युतीय चुरोटको उत्पादन, आयात निर्यात, विज्ञापन, ओसारपसार, विक्री र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
उक्त नियम अनुसार भारतमा कसैले विद्युतीय चुरोटको विक्री, उत्पादन, आयात निर्यात, विज्ञापन र प्रयोग गरेको पाइएमा पहिलोपटक १ वर्ष जेल सजाय तथा १ लाख रुपैयाँ जरिवाना र पटक–पटक यस्तै गरेको पाइएमा ३ वर्षको जेल सजाय तथा ५ लाख रुपैयाँ जरिवाना सजाय हुनेछ ।










प्रतिक्रिया दिनुहोस्