एजेन्सी, ३ असोज । इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहीबार पश्चिम भागमा पर्ने जाभा प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प गएको र भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जनाएका छन ।
उक्त भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्