सम्पादकीय

३ हजार ६ सय प्रहरी थप्न सिफरिस



गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको छ ।

३ प्रहरी वरिष्ठ उपरीक्षक र २ उपरीक्षकसहित ३ हजार ५ सय ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको हो ।नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी संगठन तथा व्यवस्थापन सर्वेक्षण नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री राम बहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्य सचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जनाएको आजको कान्तिपुर दैनिकले लेखेको छ ।