काठमाडौँ, ४ असोज । काठमाडौँ लगायत देशभर आज शनिबार बिहानको मौसम सफा रहेपनि रातिदेखि फेरि धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले शनिबार रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहे पनि गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने महाशाखाले जनाएको छ । अहिले बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली छ । अहिले कतै घाम लागेको र कतै बदली भएको छ । शनिबार देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना छ भने केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्