काठमाडौँ, ५ असोज । जनगायक भृगुराम श्रेष्ठको उपचार सहयोगका लागि आइतवार ३२ हजार रूपियाँहजार रूपियाँ उहाँका परिवारलाई हस्तान्तरण गरिएको छ ।
साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको अध्यक्षतामा जनगायक श्रेष्ठका लागि उपचार समिति गठन गरी उक्त सहयोग हस्तान्तरण गरिएको हो । नेपाल भाषा र नेपाली भाषामा गीत, भजन, चलचित्रमा गीत गाउनुहुने गायक श्रेष्ठ मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।
हाल महामारीको रूपमा फैलिएको डेङ्गुले सताएपछि हाल उपचारका लागि कुपण्डोलस्थित सर्वाङ्गी नर्सिङ होममा उपचारका लागि भर्ना हुनुभएको छ । उमेरले ८४ वर्ष लाग्नुभएका गायकको उपचार आसियुमा राखेर गर्नुपर्ने भएको हरेक दिनको खर्च २० हजारसम्म लागेको छ । उहाँको उपचारको लागि नेवाः समुदायलगायत उहाँको श्रोता दर्शकले सहयोग गर्न समितिमार्फत जुटेको सञ्चारकर्मी सुजिव बज्राचार्यले जानकारी दिनुभयो ।
असन निवासी जनगायक श्रेष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको समकक्षी हुनुहुन्छ । सर्जक श्रेष्ठले लेख्नुभएका अधिकाँश गीत गाउदै आउनुभएका गायक श्रेष्ठ हालसम्म पनि धर्मकीर्ति विहारमा भजन गाउनुहुन्छ । उपचारका लागि आर्थिक सहयोग जुटाएर उहाँको योगदानको सम्मान गर्ने प्रयास स्वरूप जत्ति सक्दो सहयोग सङ्कलन गरी हस्तान्तरण गर्दै जाने सञ्चारकर्मी एवं सहयोगका लागि जुटिरहनुभएका बज्राचार्यले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्