भक्तपुर, ५ असोज । हनुमन्ते नदी सफाई अभियान तथा नागरिक सामुदायीक अस्पतालको संयुक्त आयोजनामा शनिबार भक्तपुरको गठ्ठाघरमा बृहत रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हनुमन्ते नदी सफाई अभियानको ८२ औ हप्ताको अवसरमा पछिल्लो समय डेंगु रोगका कारण विरामीलाई आवश्यक पर्ने रगत अभाव भएका कारण उक्त आयोजना गरिएको आयोजकले जनाएको छ । समग्र भक्तपुरलाई स्वच्छ, सफा र समृद्ध बनाउने उद्देश्यका संचालित अभियानले संविधान दिवसको उपलक्ष्यमा भक्तपुरको गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालको संयुक्त आयोजनामा बृहत रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिरको आयोजना गरेको हो ।

उक्त बृहत रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिर कार्यक्रममा १०१ पिन्च रगत संकलन भएको र करिब ५०० जनाले निशुल्क स्वस्थ्य शिबिरको सुबिधा लिएको कार्यक्रमका संयोजक एबम् हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता नरेश रन्जितले जानकारी दिनुभयो ।
यसैबिच कार्यक्रममा हनुमन्ते नदी सफाई अभियान र नागरिक सामुदायिक अस्पतालबिच अस्पतालको सामाजिक दायित्व अन्तर्गत प्रीभिलेज स्वरुप हनुमन्ते नदी सफाई अभियानमा लाग्नुहुने अभियान्ताहरुलाई अस्पतालका तर्फबाट उपलब्ध सम्पुर्ण सुबिधाहरुमा अभियानको सिफारिसको आधारमा २० प्रतिशत छुट दिने सहमति समेत गरिएको छ ।

त्यसैगरि कार्यक्रम संयोजक नरेश रन्जितको बिशेष पहलमा अस्पतालद्वारा मध्यपुर थिमी नगरपालिका वडा नं ३ का स्थानियहरुले अस्पतालद्धारा प्रदान गरिने सम्पूर्ण स्वस्थ्य सेवामा १५ प्रतिशत छुट समेत दिने भएको छ ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले समाजमा उत्कृष्ट काम गरे बापत हनुमन्ते नदी सफाई अभियानमा सहयोग पुर्याएबापतका विभिन्न संघ संस्थाहरुलाई सम्मान समेत गर्नुभयो ।











प्रतिक्रिया दिनुहोस्