काठमाडौँ, ५ असोज । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने भएको तयारी गरिएको छ । रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेछ ।
तयारी पूरा गरेर त्यसको तीन महिना (मार्च) भित्रै सुरु गराउने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार पत्रकारलाई जानकारी गराए । उनका अनुसार यो दुई देशका सरकार–सरकार (जीटूजी) मा मोडलमा सञ्चालन गरिनेछ । यो विमानस्थल सञ्चालन गर्न म्युनिखले ठोस प्रस्ताव दिएको छ ।
यो कम्पनीको प्रस्ताव उपयुक्त भएकाले यसैलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने विषययमा छलफल भइरहेको जानकारी उनले दिए । मन्त्री भट्टराइले म्युनिखको प्रस्तावमा निकै नजिक पुगेर छलफल भइसकेकाले अब औपचारिक निर्णय गरेर अगाडि जानमात्रै बाँकी छ। छिट्टै निर्णय गरिने जानकारी पनि मन्त्री भट्टराईले दिए । म्युनिख विमानस्थलको प्रस्तावलाई पर्यटन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको एक टोलीले विस्तृत अध्ययन गरेको छ । टोलीले अध्ययन गरेको र म्युनिखसँगको छलफल पनि अगाडि बढाएकाले प्रस्ताव उपयुक्त ठहर गरेर मन्त्रीसमक्ष पेस गर्नेछ । मन्त्रीले प्रस्तावलाई मन्त्रिपरिषद् लगेर निर्णय गराएपछि औपचारिक रूपमा नै म्युनिखसँग सम्झौता हुन सक्ने जानकारी पर्यटन मन्त्रालयका एक अधिकारीले दिए ।
म्युनिखको प्रस्ताव उपयुक्त भएकाले यसैलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने विषयमा छलफल भइरहेको छ । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।










प्रतिक्रिया दिनुहोस्