काठमाडौँ, ६ असोज । महोत्तरीमा जितिया पर्वको उपवास बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ ।
आइतबार एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेकी एकडारा गाउँपालिका–६ बगेयाकी ७१ वर्षीया मिथिलेश देवी पाण्डेको मृत्यु भएको हो ।
ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने (टुट्ने) मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको शरीरले भोको पेट थेग्न नसक्दा मृत्यु भएको जनाएको छ ।
तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिएको छ तर जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्