राजनीति

प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता



काठमाडौँ, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने प्रतिवद्धता जनाउनुभयो ।

नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा नेपाल आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गरिने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।