राजनीति

कांग्रेसको जागरण अभियान आज सकिँदै



काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज सम्पन्न हुने भएको छ ।

वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले भदौ २४ गतेदेखि देशभर बिरुवा रोपेर सुरु भएको कांग्रेसको जागरण आज सरकारविरुद्ध प्रदर्शन गर्दै सम्पन्न हुन लागेको हो ।

‘हिमाल, पहाड, तराई–मधेश जागरण’ नाम दिएर दोस्रो चरणको अभियान सुरु यस अभियानका क्रममा कांग्रेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो ।

अभियानको उद्घाटनका दिन कांग्रेसले तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा एक सय छ बिरुवाका दरले वृक्षरोपण गरेको थियो ।