राजनीति

कर्मचारीलाई गाईवस्तु छाडेजस्तो नछाड्नुस् : मन्त्री पण्डित



पोखरा, ८ असोज । संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनै पनि कर्मचारीलाई स्वतन्त्र छाड्न नहुने भन्दै उहाँले कर्मचारीलाई गाईवस्तु जस्तै नछोड्न सम्बन्धीत निकायलाई आग्रह गर्नुभएको छ ।

मंगलबार मन्त्री पण्डितले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी कार्यक्रममा मन्त्री पण्डितले कर्मचारीलाई गाइवस्तु छाडेजस्तो नछाड्न निर्देशन दिँदै कर्मचारीमा सुविधा र अधिकार खोज्ने तर कर्तव्य नसक्झिने रोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहहरुबाट मेरो मन्त्रालयमा आएका कर्मचारीलाई सोध्छु बिदा लिएर आउनु भएको हो रु कति मेयरले भन्नुहुन्छ मेरा कर्मचारी हराए ।

अनि फेरि सोध्छु, बिदा दिएर पठाउनुहुन्छ कि हुँदैन रु महिनामा एकै दिन हाजिर गराउनुहुन्छ कि दिनदिनै रु गाईवस्तुलाई त्यतिकै जंगलतिर चर्न छाडेजस्तो गर्नुभएन । यो पाटोमा जनप्रतिनिधिलाई अधिकार छ ।’

मन्त्री पण्डितले प्रमुख प्रशासकीय अधिकृतले पनि मातहतका कर्मचारीको निगरानी गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले मन्त्रीहरुसँग कामको सम्झौता गरेजस्तै स्थानीय तहमा पनि गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सचिवले सहसचिवसँग, सहसचिवले मातहतका कर्मचारीसँग पनि हस्ताक्षर गराएर काम गराउनुस् । काम परिणाममुखी बनाउन कागज गराउनुस् । कर्मचारीले कामले देखाउनुपर्छ ।’

महाभारतमा अर्जुनले तिर हान्दा आँखामात्र देख्ने गरेको भन्दै उहाँले भन्नुभयो, ‘त्यसरी नै जनताले राम्रो गरिरहेको छ कि नराम्रो भनेर हेरिराखेका छन् । कहीँ सानो त्रुटी ग¥यो भने जुनसुकै बेला प्रहार गर्न छोड्दैनन् र त्यो प्रहारले हामीलाई कमजोर बनाउँछ ।’