काठमाडौँ, ९ असोज । काठमाडौँमा एकजना पकेटमारले प्रहरीलाई चार हजार रुपैयाँ घुस दिएका छन् ।
काठमाडौँ महानगरपालिका-२७ पुरानो बसपार्कमा प्रहरीलाई गौशाला बस्ने सर्लाही घर भएका ४० वर्षीय राजकरण महतोले नगद ४ हजार रुपैयाँ घुस दिएका हुन् ।
घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले महतोलाई मंगलबार साँझ पक्राउ गरेको छ । प्रहरीले पकेट मारी चोरी गर्न खोज्ने महत्तोलाई नियन्त्रणमा लिने क्रममा उनले उक्त रकम घुसवापद दिन खोजेका थिए ।
प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्