समाचार

खोलाले बगाएर एकजना बेपत्ता



झापा, ९ असोज । झापामा खोलाले बगाएर एकजना बेपत्ता भएका छन् ।

बुधबार दिउसो खोलामा नुहाउने क्रममा हडिया खोलाले बगाएर मेचीनगर नगरपालिका-१४ धाइजनका ४० वर्षीय कृष्णबहादुर सार्की बेपत्ता भएका हुन् ।

स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।