उदयपुर, ९ असोज । उदयपुरमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर कटारी नगरपालिका-९ लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियारमृत्यु भएको हो ।
अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्