काठमाडौँ, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन ।
प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगतिविवरण जानकारी लिने क्रममा योजनअनुसार काम नगर्ने/नगराउने मन्त्रीलाई हटाउने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखे ।
उनले कामको समिक्षा गर्दै देश र जनताको चाहनाअनुसार ल्याइएको योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरुलाई निर्देशन दिए । यो समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।










प्रतिक्रिया दिनुहोस्