राजनीति

दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुन्छ : मन्त्री विश्वकर्मा



काठमाडौँ, १० असोज । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिता तोकिएकै मितिमा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा १३ औं साग समितिको गठनअघि मन्त्री विश्वकर्माले साग हुन्छ या हुदैन भनेर शंका नगर्न पनि आग्रह गर्दै उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषदबाट साग कार्यविधि पारित भइसकेको छ । बजेट पनि निकासा भइसकेको छ । अब पनि साग सर्छ भन्ने त शंका नै भएन ।’

मन्त्री विश्वकर्माले खेलकुद समितीहरु बन्ने क्रममा रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘आज साग खेलकुदकै लागि समितिहरु बन्दै छन् । यो समितिले अबका दिनमा सागको लागि आवश्यक पर्ने सबै कार्यहरु गर्नेछ । त्यसपछि काम भएको देखिनेछ ।’

१३ औं साग खेलकुद प्रतियोगिता यहि मंसिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा आयोजना हुने मिति छ ।