राजनीति

संक्रमणकालिन न्यायलाई टुङ्गोमा नपुर्‍याए लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने अनुकूल वातावरण बनेको उल्लेख गर्दै उक्त कार्यलाई तत्काल टुङ्गोमा नपुर्याए लोकतान्त्रीक गणतन्त्र गुम्ने खतरा रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको जानकारी गराउनुभयो ।