चितवन, ११ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले क्यान्सरको उपचार गर्नका लागि विदेश जानु नपर्ने बताएका छन ।
आज भरतपुरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ‘२०औं वार्षिकोत्सव तथा १५औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस’को अवसरमा बोल्दै उपराष्ट्रपति पुनले जनशक्तिलाई प्रयोग गर्नसक्ने हो भने क्यान्सरको उपचार नेपालमै सम्भव रहेको बताएका हुन ।
क्यान्सर अस्पतालको सेवा प्रभावकारी बन्दै आएको बताउँदै उनले यस अस्पताललाई नेपालकै नमुना क्यान्सर अनुसन्धान केन्द्र बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
क्यान्सर र भरतपुर अस्पतालमा शैक्षिक कक्षाहरु सञ्चालन गर्ने सरकारको योजना रहेको बताउदै उपराष्ट्रपति पुनले गुणस्तरिय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्