सम्पादकीय

जापानकाे रोजगारी : १ हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने



काठमाडौँ, ११ असोज । जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ । जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन् ।

शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ । जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन् ।

आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदन छानिनेछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।