काठमाडौँ, ११ असोज । नेपाल राष्ट्र बैंकले गुरु नानकको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।
शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेका हुन् ।
गुरु नानकको सम्मानमा सिक्का निस्कासन गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । साथै ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो ।
उक्त पुस्तक बीपी कोइराला भारत-नेपाल फाउण्डेशन र भारतीय दूतावासले प्रकाशित गरेका हुन् । त्यसले प्रमुख रूपमा शिख समुदायलाई नेपालसँग जोड्न खोज्ने प्रयास गरेको छ ।










प्रतिक्रिया दिनुहोस्