दाङ, १२ असोज । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक १७ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १६ वर्षीय सन्तोष चौधरी भने गम्भीर घाइते भएको र उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्