एजेन्सी, १२ असोज । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।
अति रुढीवादी मुस्लिम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो । घुम्नका लागि विदेशी नागरिकहरुलाई खुल्ला गरिएपनि केही सर्त भने कडा बनाइएको छ । विषेश गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरुले जनाएका छन् ।
विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको विज्ञहरुले बताएका छन् । विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्