सिन्धुपाल्चोक, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा विजयादशमी तथा दिपावलीको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले पार्टी समाजवादउन्मुख समावेशी लोकतन्त्रको चरणमा रहेको उल्लेख गर्दै नेकपालाई एउटा जिम्मेवारी सुम्पेकाले त्यो पूरा गर्नुपर्ने बताए ।प्रवक्ता श्रेष्ठले विकासलाई प्रभावकारी रुपमा जनमुखी र गरीबमुखी बनाउन जरुरी भएको बताउर्दै समावेशी आर्थिक विकास, सामाजिक, समाजउन्मुख, नविनतम, वातावरणमैत्री, दिगो एवं नयाँ मूल्यमान्यतासहित सात सुत्रमा आधारित विकास भएमात्र नयाँ नेपाल बन्न सम्भव हुने बताए ।










प्रतिक्रिया दिनुहोस्