समाचार

बस दुर्घटनामा परि ६ जना नेपालीको मृत्यु



दुवई, १४ असोज । दुबईमा बस दुर्घटना हुँदा ६ नेपाली सहित ८ जनाको मृत्यु भएको छ ।

सोमबार फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने कामदार बोकेको मिनिबस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको हो । उक्त बस दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा परि १ पाकिस्तानी र १ भारतीय नागरिकको पनि मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

मृत्यु भएका नेपालीहरुको पहिचान खुल्न सकेको छैन ।