समाचार

मानिस मार्ने हात्ती किन अटेरी हुँदै छन् ?



काठमाडौँ, १४ असोज । शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो । थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो। सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ । तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन । किनकी उसमा सहवासको उन्माद तीव्र थियो ।

‘रोक्न खोज्दाखोज्दै पनि मद्ले चूर भएर तारबार नाघेर धानबालीमा पस्यो,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘ट्र्याक्टरलाईसमेत नटेरी उफ्रियो ।’

धेरैबेर लगाएर जसोतसो नियन्त्रणमा लिएर आरक्षको हात्तीसारमा लगेर बाँधियो । अनि त्यहाँ रहेको ढोईसँग समागम गर्न दिइयो । ‘त्यसपछि मात्र बल्ल मत्ता शान्त भयो,’ उनले बताए ।

गाउँ पसेका हात्ती खेद्न आजकल ट्र्याक्टर प्रयोग गरिन्छ । पहिले नाङ्लो ठटाउँदा हात्ती भाग्थ्यो । ‘तर आजकल ट्र्याक्टरलाई पनि टेर्दैन, डोजर नै देखाउनुपर्छ,’ आरक्ष नजिकैको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी भन्छन्, ‘हात्ती अटेरी बन्दै गएका छन् ।’

कोसीटप्पुचरा र अर्नाका लागि नेपालमै विशेष आरक्ष मानिन्छ । तर हात्तीले बस्तीमा पसेर मानिस मार्ने क्रम बढेको छ । अन्सारीका अनुसार पछिल्लो दुई वर्षमा कोसी गाउँपालिकाका १३ जनालाई आरक्षबाट निस्किएका जंगली जनावरले मारेका छन् ।

मारिनेमध्ये मध्यवर्ती क्षेत्रका परिवारले मात्र सरकारबाट १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्, अन्नबालीको क्षतिपूर्ति पनि दिइन्छ । बाहिरकाले त्यो पनि पाउँदैनन्। यससम्बन्धी विस्तृत खबर अन्नपूर्ण पाेष्टमा छ ।