समाचार

कारागारमा एक कैदीको मृत्यु



चितवन, १४ असोज । जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ ।

धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइँला भनिने राजकुमार राईको मृत्यु भएको कारागारले जनाएको छ । मृतक राईको उपचारकै क्रममा सोमबार राति १२ बजे बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

राई कलेजोका क्यान्सर पीडित रहेका थिए । राईले जबरजस्ती करणी मुद्दामा २०७३ सालमा ६ वर्षको कैद सजाय पाएका थिए। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।