काठमाडौँ, १६ असोज । चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको तयारी नेपाल र चीन दुवै मुलुकले तीव्र पारेका छन् । राष्ट्रपति सीको भ्रमणको तयारीस्वरूप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्केको छ ।
चिनिया राष्ट्रपतिको असोज अन्तिम साता हुने नेपाल भ्रमणका लागि विमानस्थलको अवस्था अध्ययन गर्ने चिनियाँ टोली काठमाडौं आएको हो । सो रेकी टोली बुधबार नै चीन फर्केको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिउँसो साढे १ बजे अवतरण गरेको सो विमान ३ बजेर १० मिनेटमा चीन फर्केको थियो । नेपालस्थित चिनियाँ दूतावासले समेत विमानस्थलदेखि सीको बसोबास हुने स्थान र यात्रा हुने स्थानमा विशेष चासोका साथ अध्ययन गरिरहेको परराष्ट्र स्रोतले बताएको छ ।
रेकी टोलीले विमानस्थलको रन वे, पार्किङ वे, भीआईपी कक्षलगायत विमानस्थलको सुरक्षा व्यवस्थापनको अध्ययन गरेको विमानस्थल स्रोतले बतायो । जसमा नेपालको सुरक्षा टोलीको समेत सहभागिता रहेको बुझिएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।










प्रतिक्रिया दिनुहोस्