काठमाडौँ, १६ असोज । चन्द्रागिरी नगरपालिकाको त्रिभुवन पार्क नजिकै एक युवकको शव फेला परेको छ ।
चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभुवनपार्क नजिकैको खोलामा नाम थर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव मृत फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
गहुँगोरो वर्ण, उचाइ ५ फिट १ इन्च, कालो जिन्स पाइन्ट लगाएको मंगोलियन अनुहार भएको व्यक्तिको शव कस्को हो भने पुष्टि नभएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्