काठमाडौँ, १६ असोज । बिदाको दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने गृह मन्त्रालयले निर्देशन दिइएको छ ।
चाडपर्वलाई मध्यनजर गरेर बिदाका दिन पनि बजार अनुगमनलाई निरन्तरता दिन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन ।
मन्त्रालयले उपभोक्तालाई कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न विज्ञप्तीमार्फत आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘उपभोक्तालाई केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन सकिने छ ।’
नियमित बजार अनुगमन तथा निरीक्षण भइरहने, यात्रामा सहजिकरण गर्न सुरक्षा निकायहरूबाट सहायत कक्ष स्थापना गर्ने, निर्वाध सवारी साधनको आवागमनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्राफिक प्रहरीको समन्वय र सहयोगमा देशका विभिन्न ठाउँमा आवश्यक हेभी यन्त्रहरू समेत तैनाथ गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्