समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



दमक, १७ असोज । दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार राति दमक नगरपालिका-५ संगम टोलमा ४० वर्षीय चिन्टु माझी को आफ्नै घर अगाडि पानी जमेको नालीमा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते  माझीको लाइफ-लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।