काठमाडौं, १७ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन ।
गण्डकी प्रदेश तथा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिइका हुन । साथै प्रहरी महानिरीक्षक खनालले १,२ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएक थिए ।
चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि उनले उक्त निर्देशन दिएका हुन ।










प्रतिक्रिया दिनुहोस्