समाचार

खडेरी प्रभावित क्षेत्रका स्थानीयलाई दशैँमा चामल



खोटाङ, १७ असोज । हलेसी तुवाचुङ नगरपालिकाले लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहत स्वरुप दशैँ मान्न खाद्यान्न चामल उपलब्ध गराएको हो ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वटा वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरी पीडितलाई दशैँ मान्न जनही दश किलोग्रामका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तिमा मासिक रु १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गरिएको जनाएको छ । खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरिद गरेर ल्याएको छ ।