राजनीति

‘विप्लव’ समूहका मोरङ सेक्रेटरी पक्राउ



काठमाडौँ, १८ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी पक्राउ परेका छन् ।

विष्फोटको घटनामा संलग्न भएको आरोपमा विप्लव’ समूहका मोरङ सेक्रेटरी कुमार खतिवडालाई जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

उनीमाथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ । विराटनगरबाट फर्कदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट उनलाई  पक्राउ गरेको हो  ।