समाचार

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ



वीरगञ्ज, १८ असोज । वीरगञ्जबाट चोरी मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा वीरगञ्ज महानगरपालिका–२, छपकैया बस्ने २० वर्षीय सफरेज देवानलाई पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतले देवानलाई चोरी मुद्दामा दोषी ठहर गर्दै ०७५ जेठ १ गते १ महिना कैद र रु ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, उनी फैसला सुनाएलगत्तैदेखि फरार थिए । उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालत पठाउने तयारी प्रहरीले गरेको छ ।