समाचार

दशैं बिदामा पनि रक्तसञ्चार सेवा नियमित



काठमाडौँ, १८ असोज । नेपाल रेडक्रस सोसाइटीले प्रदान गर्ने सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने भएका छन् ।

विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा विपद घटनाको व्यवस्थापन गर्न केन्द्रीयस्तरमा सक्रिय रहने रेडक्रसले जनाएको छ ।

रक्त सञ्चार केन्ऽमा एक हजार २०० यूनिट रगत मौज्दात राखिएको र आपतकालीन अवस्था आइपरे आकस्मिक रक्तदान आयोजना गर्न सकिने रेडक्रसले जनाएको छ ।