समाचार

जीप र स्कुटर ठाेक्किँदा एक जनाकाे मृत्यु



पोखरा, १९ असोज । पोखरामा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

शनिबार पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक २५ बर्सिय हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।