समाचार

सर्पले डसेर एक बालकको मृत्यु



सर्लाही, १९ असोज । सर्लाहीमा विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

विष्णु गाउँपालिकामा विषालु सर्पले डसेर सीमरा टोल बस्ने देवनारायण मण्डलका ६ वर्षीय छोरा अमृतकुमार मण्डलको मृत्यु भएको हो ।

बालकलाई खेतमा जाने क्रममा सर्पले डसेको थियो । उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको   प्रहरीले जनाएको छ ।

बेलैमा उपचार नपाउँदा बालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।