दाङ, २० असोज । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
ना ७ ख ६८४१ नम्बरको बस दाङको लमही नगरपालिका–९ दाङ र बाँकेको सीमाना शिवखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । चालक अनिँदो हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा घाइते यात्रुहरूलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्