समाचार

नगदसहित ११ जना जुवाडे पक्राउ



काठमाडौँ, २३ असोज । रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडेलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोंगबुमा रहेको पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा परेकाहरुसँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।