विश्व

टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चालिन्छ : राष्ट्रपति ट्रम



एजेन्सी, २३ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने निर्णयबाट टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

सिरियामा अमेरिकाका करिब १ हजार फौज छन् । विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार सीमा क्षेत्रबाट दुई दर्जन फिर्ता लगिसकिएको छ । अमेरिकी सेना फिर्ता लगिने निर्णयलाई प्रमुख कुर्द समूहले ’पीठमा छुरा’ हानिएकोसँग तुलना गरेको छ । ट्रम्पले अङ्काराले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन् । टर्कीले सीमा पार सिरियाली भूभागमा रहँदै आएको कुर्द फौजमाथि हमला गर्ने योजना गरिरहेको छ ।