Banner News

दशैंको तेस्रो दिन : टीका लगाई आशीर्वाद लिनेक्रम जारी



काठमाडौँ, २३ असोज । बडादशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने चलन छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।