समाचार

६० वर्षीय बृद्धद्वारा ३ वर्षीया बालिका बलात्कृत



बझाङ, २४ असोज । बझाङमा ६० वर्षीय बृद्धले ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ ।

पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ हो ।

मदिरा सेवन गरी राति १० बजे तिर घरमा आएर ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाको आरोप छ । मदिरा सेवन गरेर राति आफूमाथि जबरजस्ती करणी प्रयास गरेको र आफू उम्केर भाग्दा नाबालिका छोरीमाथि करणी गरेको उनको भनाइ छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।