राजनीति

यस्तो रहने छ सी चिनफिङको नेपाल बसाइ



काठमाडौँ, २५ असोज । चिनिया राष्ट्रपति सी चिनफिङ शनिबार दिउँसो करिब साढे ३ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अर्लिने छन् । विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन् । परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको समय तालिका अनुसार साढे ४ बजेपछि सोल्टी होटलमा नेपालका राष्ट्रपति भण्डारीसँग सीको भेटवार्ता हुनेछ । आइतबार बिहान साढे ७ बजेपछि सोल्टी होटलमै राष्ट्रपति सीले नेपालका नेताहरुसँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै साढे ८ बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल हुनेछ। छलफल लगत्तै दुबै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

आइतबार साढे ११ बजेपछि राष्ट्रपति सी बेइजिङका लागि चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम समय तालिकामा उल्लेख छ । चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो । सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेका थिए । यद्यपि चीनबाट प्रधानमन्त्री र विदेशमन्त्री स्तरमा भने नेपालमा भ्रमण भइरहेका थिए । यो समाचार आजको अन्नपुर्ण दैनिकमा छ ।