काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी जीङपिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट सम्पन्न भएको छ ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको भ्रमणमा आउनुभएका राष्ट्रपति सी र भण्डारीबीच भएको भेटवार्ताका क्रममा विशेष घोषणा गरिएको छ । चीनका राष्ट्रपति भण्डारीले आगामी तीन वर्षभित्रमा करिव ५६ अर्व बराबरको रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।राष्ट्रपति कार्यालय सितल निवास भएको भेटवार्ताका क्रममा राष्ट्रपति सीले नेपालको सांस्कृतिक कार्यको उच्चा प्रशंसा गर्दै नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा चिनले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपालले एक चीन नीतिलाई जारी राख्नेमा विश्वास व्यक्त गर्दै राष्ट्रपति सीले रोजगारी तथा उत्पादनका कार्यहरुमा विशेष सहयोग गर्ने घोषणा गर्नुभएको छ । त्यस्तै व्यापार व्यवसायलाई दुवै देशले सहजता प्रदान गर्ने समझदारी भएको छ । पर्यटन प्रवद्र्धनमा चीनको तर्फबाट जहिले पनि सहयोग हुने बताउँदै राष्ट्रपति सीले नेपालको आगामी भ्रमण वर्ष २०२० लाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
नेपालका राष्ट्रपति भण्डारीले चीनले नेपालमा विगतदेखी गर्दै आएको सहयोगको उच्च प्रशंसा व्यक्त गर्दै आगामी दिनमा आर्थिक सामाजिक सहयोग निरन्तरता हुनेमा विश्वास लिएको बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्