एजेन्सी । संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिर कहाँ होला ? केही समय अनुमान लगाउनु । यदि अनुमान लगाउने समय छैन भने चिन्ता नलिनुहोस विश्वको ठुलो हिन्दु मन्दिर छ कम्बोडियामा ।
कम्बोडियामा विश्वकै ठुलो हिन्दुको मन्दिर रहेको छ । जसको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालमा गरेका थिए । इश्वी सम्बत १११२–५३मा मन्दिरको निर्माण गरिएको हो । यो मन्दिर सिमरिप शहरमा रहेको छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णुका मन्दिरहरु रहेका छन् ।
मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ । यहाँ वार्षिक लाखौ पर्यटकहरु दर्शन तथा अवलोकनका लागि आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्