समाचार

नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने



काठमाडौँ, २७ असोज । नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथा/जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतिक भएको स्वीकार गरिएको छ ।

नेपालले अहिले सगरमाथाको उचाई नाप्ने काम गरिरहेको छ ।