Banner News

राष्ट्रपति भण्डारीद्वारा एनआरएनलाई जन्मभूमिमा लगानी गर्न आह्वान



काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् ।

आज बिहान गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारी लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको बताउदै उनले लगानीका लागि आह्वान गरेकी हुन् ।

उनले भनिन्, ‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ, ‘आन्तरिक र बाहृय वातावरण लगानीका लागि योग्य रहेकाले ढुक्क भएर लगानी गर्नुस् ।’

लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको बताउदै उनले भनिन, ‘तपाईंहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता र दक्षतालाई नेपालको विकासमा उपयोग गर्नुपर्दछ, ‘यसका लागि सरकारले संयन्त्र खडा गरिसकेको छ । यसमा म खुशी छु ।’