अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ असोज । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।