रोचक

हाँस्दा हाँस्दै हड्डी खुस्किएर मुख आँको आँ भएपछि…



एजेन्सी । चीनमा एकजना महिला हाँस्दा हाँस्दै उनको मुख नै आँ‘ भैरह्यो र बन्द गर्न सकिनन् ।

रेलको यात्राका क्रममा ती महिला हाँसिरहेकी थिइन् । यात्रुहरुले उनलाई केही मिनेटसम्म अट्टहास हाँसिरहेको देखेका थिए । उनको हाँसो त रोकियो, तर उनको मुख चाहीँ खुलेको खुल्यै भयो ।

मुख बन्द नभएपछि तत्कालै रेलमा रहेका डाक्टरलाई बोलाइयो । डाक्टरहरुका अनुसार ती महिलाको हाँसो यति कडा गएछ कि उनको दाँत रहने हड्डी नै खुस्किएछ । जसका कारण उनको मुख खुलेको खुल्यै भयो ।

वास्तवमा उनको दाँत रहने हड्डी विगतमा गर्भावस्थामा अत्यधिक बान्ता गर्दा समेत एकपटक खुस्किएको रहेछ । अन्ततः पछिल्लोपटक पनि डाक्टरहरुले उनको खुस्किएको हड्डीलाई ठीक पारे ।