विश्व

हङकङमा कार्यकारी प्रमुखको वार्षिक नीति सम्बन्धी सम्बोधन अवरोध



एजेन्सी, ३० असोज । हङकङको संसदमा कार्यकारी प्रमुख केरी लामको वार्षिक नीति सम्बन्धी सम्बोधनका क्रममा अवरोध भएको छ ।

बीबीसीका अनुसार हङकङका विपक्षी सांसदहरुले संसद् अवरुद्ध गरेपछि कार्यकारी प्रमुख लामको आफ्नो मन्तव्य छोड्नु परेको हो ।

हङकङमा महिनौंदेखि निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ ।